चन्द्रशेखरको ‘रुपम’ सार्वजनिक

काठमाडौं (पास)– नव गायक चन्द्र शेखर शर्माले रुपम एल्बम लिएर आएका छन् । गीतकार विपिन किरणको एकल शब्द रचना र संगीतकार नारायण सुवेदी आभासको संगीतमा गायक चन्द्रशेखर शर्माले रुपम लिएर उदाएका हुन् ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार यादव खरेल, एसपी कोइराला, डा.नवराज लम्साल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका उपाध्यक्ष शान्तिराम राई लगायतले संयुक्त रुपमा रुपमलाई सार्वजनिक गरेका हुन् ।

रुपम सार्वजनिक लगत्तै गायकले गीत प्रस्तुत गर्दै कार्यक्रमलाई स्वागत गरेका थिए भने गीतकार डा.नवराज लम्सालले एल्बमका गीतमाथि समीक्षा गरेका थिए । अबको गीतहरु समाजलाई उर्जा दिने खालको हुनेपर्ने निराशावादी धार छाडेर मायाप्रेममा पनि रमाउन जान्नुपर्ने बताएका थिए । त्यसैगरी सम्पूर्ण अतिथिहरुले रुपम एल्बमका तीन स्रष्टा चन्द्रशेखर शर्मा, विपिन किरण र नारायण सुवेदी आभासलाई शुभकामना दिँदै संगीत क्षेत्रका विषयमा पछिल्लो समयका प्राप्ति र गीतसंगीतमा गरिएको लगानीका बारेमा चर्चा गरिएको थियो ।