प्रियंका चोपडालाई कर कार्यालयले पत्र काट्यो

काठमाडौं– नायिका प्रियंका चोपडालाई कर कार्यालयले पत्र लेखेको छ ।

प्रियंकाले ६७ लाख पर्ने एक महंगो बस्तुको कर नतिरेको भन्दै कर तिर्न आग्रह गर्दै पत्र काटेको छ । तर, प्रियंकाले भने आफूलाई उपहार आएको भन्दै कर नतिरेको टिप्पणी गरेकी थिइन् । एक दैनिक पत्रले उल्लेख गरे अनुसार प्रियंकालाई ट्याक्स अफिसले महंगो बस्तु भएपछि उपहारको पनि कर तिर्न आग्रह गरेको छ ।

सन २०११ मा ट्यक्स अफिसले प्रियंका चोपडाको घरमा छापा मारेको थियो । जहाँ एउटा महंगो घडी र कार भेटिएको थियो । ति दुबै बस्तुको कर तिरिएको थिएन ।