कृषिमा सम्मानः कृषकका छोराछोरीलाई छात्रवृत्ति

भुवनेश्वर, भारत– भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले कृषकका छोराछोरीका लागि छात्रवृत्तिको घोषणा गरेका छन् ।

जीविका तथा आयवृद्धिका लागि सहयोग कार्यक्रमबाट लाभान्वित बनेका कृषकका छोरा छोरीहरूका लागि छात्रवृत्ति योजना घोषणा गरिएको हो ।

लक्षित वर्गका कृषकका छोराछोरीहरूलाई उच्च शिक्षाका लागि कुनै खर्च नलाग्नेगरी छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए ।

केओन्झारमा आयोजित कार्यक्रममा उनले यस योजना अन्तर्गतका बालबालिकाहरूको खर्च राज्यले नै बेहोर्ने जानकारी दिएका हुन् ।

सरकारी व्यवसायीक क्याम्पसमा विद्यार्थीले पाएको अङ्कका आधारमा छात्रवृत्तिका लागि छनोट गरिने भएको छ ।

मुख्यमन्त्री पटनायकले झण्डै ६६ करोड भारतीय रूपैयाँ बराबरको १७ कल्याणकारी कार्यक्रमहरूको पनि घोषणा गरेका हुन् ।

उनले विभिन्न जिल्लाका लागि भारतीय रुपैया एक हजार ५० करोड बराबरको खानेपानीसम्बन्धी योजनाहरूको पनि घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । एजेन्सी