कृष्ण र मीनाको ‘केबल कारैमा’ २४ घण्टामै ट्रेन्डिङमा (भिडियोसहित)

काठमाडौं– गायक कृष्ण भट्टराई र गायिका मीना निरौलाको स्वरमा रहेको ‘केबल कारैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको २४ घण्टामै ट्रेन्डिङमा पर्न सफल भएको छ ।

मदन प्रधानको शब्द रचना र विश्व अधिकारीको संगीतमा रहेको उक्त गीत बुधबार युट्युबबाट सार्वजनिक भएको हो ।

इन्डियाको रियालिटी शो ‘डान्स प्लस’ मा फस्ट रनरअप बनेका सुजन मार्फा तामाङ र बुगी बुगीकी बिजेता कविता नेपालीले अभिनय गरेको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ ।

गीतकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’ मा सो गीत समाबेस छ । उक्त एल्बममा चार वटा गीत अटाएका छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्त लगायतको स्वरमा रहेको छ ।

उक्त एल्बम केही समयपछि सार्वजनिक गरिने गीतकार प्रधानले जानकारी गराएका छन् ।

यो गीत टिकटक कम्पिटेसन पनि गरिने भएको छ । टिकटक कम्पिटेसनमा बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन् ।

गायक भट्टराईले यसअघि ‘कुल कुल’ बोलको गीत सार्वजनिक गरेका थिए । उनको गीतलाई दर्शक–श्रोतले निकै मन पराएका थिए ।