फेरि डुब्दा ५४ को मृत्यु, अरु कैयौ बेपत्ता

मोसुल– इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ ।

कुर्दिस नयाँ बर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

“नागरिक सुरक्षा समूहले अहिले सम्म ५४ जनाको शव भेटाएको छ, अरु उद्धार तथा खोजी कार्य जारी छ,” एक अधिकारीले भने ।

मोसुलको पर्यटक व्यापारीक केन्द्र तर्फ परिवार तथा बालबालिकाहरू लिएर आइरहेको फेरि दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेकोले यसबारे बिस्तृत विवरण आइनसकेको बताइएको छ । घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउननसकेका र उनीहरूको मृत्यु भएको हुनसक्ने बताउँदै अधिकारीले मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ । एएफपी