इलाममा सर्पले डसेर किशोरीको मृत्यु

इलाम । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् ।

सोमबारराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।