विप्लव समूहद्वारा सर्वोच्चका न्यायाधीशको पुतला दहन

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्वोच्च अदालतका न्यायाधीशको पुतला जलाएको छ । उक्त पार्टीले एनसेल कर प्रकरणमा सर्वोच्चले गरेको पछिल्लो फैसलाको विरोध गर्दै मंगलबार साँझ भक्तपुर नगरपालिकामा न्यायाधीशको पुतला जलाएको हो ।

उक्त पार्टीले एनसेल कर असुलीबारे सर्वोच्चले गरेको पछिल्लो फैसला त्रुटिपूर्ण रहेको बताउँदै देशभर फैसला उल्टाउने पाँच न्यायाधीशको पुत्ला जलाउने कार्यक्रम राखेको थियो ।

पार्टीले १४ भदौमा एक विज्ञप्ति निकालेर सरकारकै इशारामा सर्वोच्चबाट राष्ट्रघाती फैसला भएको भन्दै यसविरुद्ध देशभर विभिन्न आन्दोलनको कार्यक्रमको घोषणा गरेको थियो ।

उक्त पार्टीले सर्वोच्चको फैसलाको भत्र्सना गर्दै फैसला खारेज गर्नसमेत चेतावनी दिएको छ ।