प्रधानमन्त्री ओली र प्रचण्ड भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेट गरी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सिंगापुरबाट उपचार गरी फर्किएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

स्वास्थ्य उपचार गरेर फर्किए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

बालुवाटारमा भएका दुई अध्यक्षबीचको भेटवार्तामा स्वास्थ्य उपचार गराई फर्किएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता प्रक्रियाका विषयमा भएका छलफललगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।