नेपाल वायुसेवा निगमलाई थप दुई वटा न्यारोबडी जहाज किन्न सुझाब

काठमाडौं । नेपाल वायुसेवा निगमलाई थप दुई वटा न्यारोबडी जहाज किन्न सुझाब दिइएको छ। निगम अध्ययन गर्न गठित समितिले तत्कालै दुई वटा न्यारोबडी जहाज किनेर संचालनमा ल्याउन सुझाब दिएको हो।

समितिका संयोजक सुशील घिमिरेले बुझाएको प्रतिवेदनमा रियाद, सिओल, बेइजिङ, सिड्नी र भइरहेका गन्तब्यमा उडान भर्न दुईवटा न्यारोबडी जहाँ खरिद गर्न आवश्यक भएको उल्लेख छ।

त्बतबक्धयकतष्प ऋयििबनभ
प्रतिवेदनमा न्यारोबडी जहाज नाफामा रहेको समेत उल्लेख गरिकए छ।जहाज खरीद गर्दा उत्पादक कम्पनीसँगै किन्न समेत सुझाब दिइएको छ।‘नेपालमा एयरवसका जहाज संचालनमा आएका छन्। अब अर्को कम्पनीबाट जहाज किन्न उपयुक्त हुँदैन’ प्रतिवेदनमा भनिएको छ,’अब सीधै उत्पादन कम्पनीबाट जहाज किन्ने र खरीद गर्दा सरकार र खरीद कार्यालय समेत सहभागी हुनुपर्छ।’