थलीका प्रहरी इन्चार्ज सइ घुस लिँदालिँदै पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

‘सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएका हौं,‘ प्रवक्ता कोइरालाले भने।