महरालाई पुनः अदालत लगिँदै

काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज जिल्ला काठमाडौं अदालत लगिँदै छ।गत मंगलबार महरालाइ अदालतमा पेश गरिएको थियो । तर उनको बयान नसकिएकाले प्रहरीले थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न अदालत लग्ने भएको हो । यद्यपि, महराको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई अदालत लगिन लागेको हो । जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । पछिल्लो पटक थपिएको समयमा समेत अनुसन्धान नसकिए पछि म्याद थपका लागि महरालाई प्रहरीले आइतबार पुनः अदालतमा उपस्थित गराउन लागेको हो ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको निय न्त्रणमा छन् ।