लिपुलेक विवाद: हामीले अतिक्रमण गरेका छैनौं, भारतसँग संवादमार्फत हल होस्: चीन

हालसालै भारतीय गृहमन्त्रालयले सार्वजनिक गरेको भारतको नक्सामा नेपालको भू-भाग समेटिएकोप्रति चीनले मुख खोलेको छ ।

बिहीवार चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल-भारतबीच देखिएको सीमा समस्या दुवै देशले मिलेर हल गर्नुपर्ने धारणा व्यक्त गरेको हो ।

विज्ञप्तिमार्फत चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको आफूले सधैं सम्मान गर्ने जनाएको छ ।

‘चीनले नेपाल र भारतको मैत्रीपूर्ण संवादबाट समस्या हल भएको हेर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चीनले सधैं नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको छ ।’