पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता

गाईघाट– उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा […]

सरकारले भोलि विप्लवसँग पहिलोपटक वार्ता गर्दै

काठमाडौं– सरकारले पहिलोपटक नेत्र विक्रम चन्द विप्लव नेतृत्वको सशस्त्र द्वन्द्वरत समूह नेकपासँग भोलि वार्ता गर्ने सरकारको उच्च स्रोतले जानकारी दिएको छ । प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनौपचारिक वार्ता हुन लागेको बताइएको हो। सरकारी वार्ता टोलीले पहिलो चरणमा गर्न लागेको वार्तामा विप्लव नै सहभागी हुने उच्च स्रोतले जनाएको छ। विप्लवसँग मंगलबार विहान नेपालगंजमा ‘ब्रेकफास्ट’ गर्ने […]

कुलेखानीको जलाशय भरियो, अब जलाशयको पानी बाहिर नफ्याँकि पूर्णक्षमतामा चलाइने

काठमाडौँ– पछिल्ला दुई वर्षदेखि भरिन नसकेको मकवानपुरमा रहेको इन्द्रसरोवर असारमा नै भरिएको छ । जलाधार क्षेत्रमा अत्यधिक वर्षा भएपछि नेपाल विद्युत् प्राधिकरणको ‘पावर ब्याङ्क’ का रूपमा रहेको कुलेखानी जलाशय भरिएपछि सरकारले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा विद्युत् उत्पादन गरेर वा अन्य जुनसुकै उपाय अवलम्बन गरेर भए पनि जलाशयको […]

डेढ घण्टाको बाटो अब दुई मिनेटमा !

गलेश्वर– झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो […]

लोप भयो असारे मौलिक गीत

बेझाड– ‘हलगोरु झरे खेताली झरे वेंशीको रोपाइँमा, सङ्गी र साथीको झझल्को आउँछ एकलो बेलैमा’…………. । धान रोपाइँ गर्दा गाइँने यस्ता पुराना मौलिक गीत अहिले सुन्न पाइँदैन । यी मौलिक संस्कृति गाउँघरमा हराइसकेका छन् । पहिले पहिले गाउँघरमा असारे गीत, उवाली गीत गाउने र पञ्चेबाजाको तालमा खेतमा धान रोप्ने चलन थियो । अहिले भने यो परम्परा […]

सप्तकोशीमा पानीको बहाव घट्न थाल्यो

इनरुवा– सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण बढेको पानीको बहाव अहिले विस्तारै घटदै गएको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । दुई दिनदेखि वर्षा रोकिएपछि कोशी ब्यारेज भएर बग्ने सप्तकोशी नदीको पानीको बहावमा कमी आएको उनले बताए । उनकाअनुसार सोमबार पछिल्लो समय […]

आफ्नै सन्तान हो/होइन भनेर किन शङ्का गर्छन् आमाबाबु ?

काठमाडौँ– साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुगे । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेका थिए । वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती […]

महोत्तरी कारागार जलमग्न, कैदी/थुनुवाको बिचल्ली

बर्दिवास– लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदी/थुनुवाको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदी/थुनुवाको बिचल्ली भएको हो । जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदी÷थुनुवालाई खान, बस्न […]

इलाम दरबार अब अरनिको सङ्ग्रहालय

इलाम– आदिकवि भानुभक्त आचार्यको २०६ आँै जन्मजयन्तीको अवसरमा इलाममा एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले अरनिको सांस्कृतिक सङ्ग्रहालयको आइतबार उद्घाटन गरे । यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो । इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो । यसअघि इलामको माईस्थान […]

बाढी प्रभावितलाई काङ्ग्रेस सांसदले पाँच दिनको तलब दिने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ । काङ्ग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति […]