रेशम चौधरीकी पत्नी भन्छिन्– थारु भएकै कारण विजयी जुलुस समेत निकाल्न दिईएन

काठमाडौं– रेशम चौधरीकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको स्मरण गदाउँदै भनिन्,‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’ उनले अघि थपिन्,‘२ वर्ष ७ महिना वितिसक्दा पनि […]

पाँचथरमा नेम्वाङ र आङ्देम्बेमध्ये कसले बाजी मार्लान् ?

पाथिभरा संवाददाता, पाँचथर– पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन् । यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले […]

झापामा उत्साहका साथ निर्वाचनको तयारी

हरि लामिछाने, झापा– यही मंसिर २१ गते हुने निर्वाचनको अन्तिम तयारीमा खटिएका निर्वाचन अधिकारी, निर्वाचनमा होमिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता र मतदातामा उत्साह देखिएकोे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले निर्वाचन कार्यतालिकाअनुसार सबै तयारीलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ भने उम्मेदवारले आफ्ना चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । त्यसैगरी संविधानसभाबाट जारी संविधानको कार्यान्वयनको […]

लास भेगासको गोली काण्डमा २६ जना मारिए

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका– अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्काे हत्याकाण्ड भएको बताइएको छ । यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक […]

झापामा महिला उम्मेदवार छ जना

झापा (पास)– आगामी मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् । प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ […]

उम्मेदवारहरु जनताका घर–घरमा

विराटनगर– मोरङमा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उम्मेदवार यतिखेर घरदैलो कार्यक्रममा जुटेका छन् । उनीहरू मतदाताको मनोभावलाई सम्झने प्रयासमा लागेका छन् । निर्वाचनलाई आफ्नो अनुकूल कसरी बनाउने र मतदातालाई कसरी आकर्षित पार्नेलगायतका विषयमा रणनीति बनाउनतर्फ उम्मेदवार केन्द्रीत भएका छन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि ६१ […]

पोखरामा भलिबल ट्रेनिङ र मिडिया सेन्टर खुल्यो

पाथिभरा संवाददाता पोखरा– पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर सोमबारबाट खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा–लेखनाथ महानगरपालिकाको दुई लाख समेत ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ सोमबार यहाँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरे । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]

पाल्पाली समाज युएईको अध्यक्षमा बेदप्रसाद अर्याल

लालबहादुर ढेंगा युएई– ‘एक्काईसौं शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान’ भन्ने नाराका साथ गएको ३ नोभेम्बर शुक्रबारका दिन दुबईको विडरेन्ज रेष्टुरेण्टमा पाल्पाली समाज युएईले दोस्रो महाधिवेशन–२०१७ भव्यताका साथ सम्पन्न गरेको छ । खुम आलेको अध्यक्षतामा रहेको पहिलो कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि सो महाधिवेन गरेको हो । उक्त महाधिवेशनको प्रमुख अतिथिमा […]

दलहरुको घोषणापत्र महत्वाकांक्षी भएको टिप्पणी

काठमाडौँ– निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता पाएको चौतर्फी टिप्पणी भएको छ । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी १० वर्षमा पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल […]

गजुरमुखीमा कात्तिके मेला शुरु

इलाम (पास)– जिल्लाको पश्चिमी प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखीमा परम्परागत रूपमा लाग्दै आएको मेला शनिबारदेखि शुरू भएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने गजुरमुखी मेला यस वर्ष पनि शुरू भएको हो । स्थानीय मेला आयोजक समितिको आयोजनामा शुरू भएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र दर्शन गर्ने तथा मेला भर्न आउने भक्तजनहरूको भीड […]