सशस्त्र द्वन्द्वका क्रममा भएका घटना सातै प्रदेशबाट छानबिन गरिँदै

काठमाडौं (पास)– सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सम्बन्धमा छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा कार्यालय खोली छानविन अघि बढाएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा उजुरी छानविनलाई छिटो र पीडितमैत्री बनाउन तत्कालका लागि सात प्रदेशमा उच्च अदालत रहेका स्थानमा आयोगको मुकाम स्थापना गरी काम भएको जनाइएको छ । आयोगले विराटनगर, […]

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का, यस्तो छ राईको संक्षिप्त जीवनी

पाथिभरा संवाददाता, विराटनगर– आज सम्पन्न नेकपा एमाले प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । बाम गठबन्धनपश्चातको भागबण्डामा प्रदेश १ को मुख्यमन्त्री र सभामुख एमालेकै भागमा छ र माओवादीको भागमा भने उपसभामुख रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सांसद छन् । […]

राष्ट्रियसभाको मतदान भोलि, निर्वाचन तयारी पूरा

भीष्मराज ओझा, काठमाडौँ– निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ । नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको […]

कार्यकर्ता पोस्न सरकारी ढुकुटीको लुट

काठमाडौं– सरकारले आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ । ‘आर्थिक सहायता शीर्षकमा […]

लोकप्रिय कार्यक्रम ‘साझा सवाल’ बन्द

काठमाडौं (पास)– बीबीसी मिडिया एक्सनको साप्‍ताहिक बहसको कार्यक्रम ‘साझा सवाल’ बन्द भएको छ । १० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’को अन्तिम कार्यक्रम पनि विराटनगरमै गएर सकिएको हो । पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस […]

यस्तो छ प्रदेश–१ को मुख्यमन्त्रीको कार्यालय

विराटनगर (पास)– प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री र अरु मन्त्रालयका लागि ८ ओटा कार्यालयलाई प्रयोग गर्न लागिएको छ। विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास राखिएको छ भने क्षेत्रीय कृषि निर्देशनालय भवनलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाइने भएको छ । प्रदेशसभा जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ । क्षेत्रीय सिँचाइ निर्देशनालयमा मुख्यसचिवको कार्यालय […]

अस्थायी सदरमुकाम र सात वटै प्रदेशको प्रमुख तोकियो

काठमाडौं (पास)– सरकारले सातवटै प्रदेशको अस्थायी सदरमुकाम तोकेको छ भने सातै वटा प्रदेश प्रमुख पनि तोकेको छ । आज दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र […]

सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा

भीष्मराज ओझा, काठमाडौं– राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठ्यारो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ । पहिले राष्ट्रियसभाको निर्वाचन कि प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम भन्ने प्रमुख दलबीचको मतभेदका बीच निर्वाचन आयोगले यस बारेको संवैधानिक व्यवस्थाका बारेमा स्पष्ट पारेपछि राष्ट्रियसभा निर्वाचनको तयारी शुरु भएको […]

यी सात ठाउँ तोकियो सात प्रदेशको अस्थायी राजधानी

काठमाडौं (रासस)– सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताए । उनकाअनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं […]

राजधानीमा भएको ‘मुर्दा जुलुश’मा प्रहरी हस्तक्षेप

काठमाडौं– पछिल्लो समयमा भइरहेको सरकारी गतिबिधिहरुको विरोधस्वरुप नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले ‘मुर्दा जुलुश’ निकालेको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको पनि विरोध गर्दै त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार भएको छ । प्रहरीले दुई […]