वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जा । स्याङ्जाको वालिङ–जगत सडकखण्ड गए रातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिका सहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ– ५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो । गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ– ५ का वडाध्यक्ष […]

पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध

तनहुँ । गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । म्याग्दे खण्डमा राति २:४० मा र व्यास खण्डमा बिहान ६:३० मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएका त्यहाँ […]

पश्चिम तराईमा महामारीको रुप लिँदै डेंगु

बुटवल । पश्चिम तराईका सबै जिल्लाका अस्पतालमा डेंगु संक्रमण भएका विरामीको चाप छ । खासगरी दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा साउनयता सुरु भएको डेंगु संक्रमणको ग्राफ अझै उकालो लाग्ने क्रममा छ । दाङमामात्रै असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । चार जनाको मृत्यु भएको छ । संक्रमितको यो […]

दशैंमा कस्तो र कसरी मासु खाने ध्यान दिनोस्

दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । त्यसक्रममा हुने सानो लापरवाहीले गर्दा दशैंको रमझममा बिमारी भएर अस्पताल धाउनुपर्ने अवस्थासमेत निम्तिने गरेको छ । त्यसकारण, मासुको सावधानीपूर्ण र सन्तुलित प्रयोग आवश्यक छ । यसरी सर्छ मासुबाट रोग – काँचो, नपाकेको र पोलेको कालो मासु खाएमा – बिजुली नभएका बेला पि|mजमा राखेको वा […]

कोरोनाको कहरपछि डेंगुले फेरि सताउन थाल्यो

काठमाडौं । झण्डै अढाई वर्षको कोरोना कहरपछि बल्ल बौरिन लागेको स्वास्थ्य अवस्थालाई फेरि डेंगुले जनतालाई कायल बनाउन थालिसकेको छ । दिन दिनै नेपालमा डेंगु संक्रमणको संख्या बढ्दै गएको छ । दैनिक जसो ५ सय बढी डेंगु संक्रमित भएकाहरुलाई पोष्ट डेंगुमा स्वास्थ्य समस्या देखिएको पाइएको छ । डेंगु संक्रमण निको भैसकेपछि पनि बिरामी पुरानो स्वास्थ्य अवस्थामा […]

काठमाडौं र ललितपुरमा निःशुल्क सिटामोल वितरण गर्दै सरकार

काठमाडौं । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा २८ हजार १ सय ९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ । तर, सरकारले बल्ल अस्पतालमा सिटामोल पठाउन सुरु गरेको […]

महामारी बन्दै डेंगु, एकैदिन ४ जनाको मृत्यु

काठमाडौं । डेंगुको संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेपछि डेंगुले महामारीको रुप लिन थालेको छ । पछिल्लो १८ वर्ष यताकै उच्च संख्यामा फैलिएको डेंगुको कारण साढे २ महिनामा मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यो वर्ष अहिलेसम्म २७ हजार ५६९ जनामा […]

डेङ्गी शङ्का लागे कुन अवस्थामा परीक्षण गर्ने ?

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी परगबाट नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष शनिवारसम्म मात्रै गत वर्षको तुलनामा ४२ गुना बढी र एक दशकअघिको तुलनामा १२५ गुना बढी मानिसहरू डेङ्गीबाट सङ्क्रमित भइसकेका छन्। नेपालमा पहिलो पटक वि.सं. २०६१ सालमा पहिचान भएको डेङ्गी प्रकोपकै […]

१० बुँदे सहमतिसँगै डा. केसीले तोडे अनशन

काठमाडौं । १३ दिनदेखि अनशनरत डा.गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनसन तोडेका हुन् । सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए । अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा.केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका […]

एक अस्पताल, एक विशिष्टीकृत सेवामा जोड

चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् । कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य समन्वय र पहल’ कार्यक्रममा सहभागीले स्वास्थ्य सेवाको गुणस्तर थप सुधार्न मिलेर काम गर्न सकिने जनाएका हुन् । भरतपुर अस्पताल, बीपी कोइराला […]