बाँकेमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बाँकेमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका वडानम्बर १ का ६० वर्षीय पुरुषको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  स्वास्थ्यमा समस्या देखिएपछि उनी यही कात्तिक १४ गते भेरी अस्पतालमा भर्ना भएका थिए । १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको १६ […]

कोरोना संक्रमित ९५ वर्षीय वृद्धको रुपन्देहीमा मृत्यु

बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका […]

एकैदिन थप २२६४ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।  नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण […]

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

उपत्यका कोरोना अपडेट : थप १३५७ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । […]

एकैदिनमा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त […]

प्रदेश २ मा ९३ कोरोना संक्रमित थपिए

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा २३ जना, महोत्तरीमा चार जना, सिरहामा चार जना, बारामा १७ जना, पर्सामा १८ जना, रौतहटमा चार जना, सप्तरीमा २० जना र अन्य जिल्लामा तीन जना संक्रमित थपिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रदेशमा पछिल्लो २४ […]

बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। पछिल्लो केही दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए।

हरिवंश आचार्य दम्पती कोरोनामुक्त

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिएका छन । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि […]

उपत्यकामा मात्र ११६४ प्रहरी कोरोना सक्रिय संक्रमित

काठमाडौं । प्रहरीमा कोरोनाका संक्रमितको संख्या पाँच हजार सात सय १३ पुगेको छ । जसमध्ये तीन हजार पाँच सय १८ जना डिस्चार्ज भएका छन् । हाल प्रहरीमा दुई हजार एक सय ९५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकाकै एक हजार एक सय ६४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयकै ४७९ र […]