जाडो मौसममा कोरोनाबाट मृत्यु तथा अस्पताल भर्ना दर बढ्न सक्छ : विश्व स्वास्थ्य सङ्गठन

जेनेभा । विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ । हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ । यसका साथै कोभिडका सङ्क्रमितको मृत्युदर […]

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

दमासकस । इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ । बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ । सो क्षेप्यास्त्र सिरियाको उत्तरी सहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको हो । सिरियाली उत्तरी सहर अलेपोको एक विमानस्थल र त्यहाँ रहेको एक सैनिक क्याम्पमा सो क्षेप्यास्त्र हानिएको सिरियाली सेनाले बिहीबार प्रकाशन गरेको एक […]

बाढी पहिरोले पीडित जनताको अवस्था बुझ्न राष्ट्र सङ्घका महासचिव पाकिस्तान जाने

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् । पाकिस्तानमा केही हप्ता यतादेखिको बाढी पहिरोले पु¥याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिएका छन् । उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्ने […]

स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि […]

तीन चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा

काठमाडौं । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्बजनिक गरेको छ । यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ […]

युक्रेनमा भोकमरिका कारण मानिसको मृत्यु, संकट अझै बढ्ने

काठमाडौं । युक्रेन र रुसबीच भएको जारी युद्ध आज (शुक्रबार) ५१ दिन पूरा भएको छ । सोही युद्धका कारण युक्रेनको मारियुपोल शहरमा भोकमरिका कारण मानिसहरूको मृत्यु भएको छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशकका अनुसार रुसी सैनीकको घेराउमा परेका युक्रेनको मारियुपोल शहरका मानिसहरूको भोकमरिका कारण मृत्यु भैरहेको छ । रुसले अझै […]

क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाको संलग्नता

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईकाले एक अनलाइन गेमिङ कम्पनीसँग मार्चमा भएको ६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरी मामिलामा उत्तर कोरियाका ह्याकरको हात भएको जानकारी दिएको छ । वास्तवमा मार्चमा ‘एक्सी इनफिनिटी’ नामको एक लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलै झट्का लागेको थियो । यो कम्पनी आफ्नो ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी हासिल गर्ने मौका दिन्छ । […]

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले […]

चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त

काठमाडौं । दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो । बोइङ ७३७ विमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ । जसकारण जङ्गलको बीच आगलागी भइ धुँवा देखा परिरहेको चीनको राष्ट्रिय संचारले जनाएको छ । उक्त विमान कुमिङबाट […]

रुसद्वारा युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

काठमाडौं । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्धविराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । रक्षा मन्त्रालयले युद्धविराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै […]