मलेसियाका राजाले गद्दी त्यागे, यस्तो छ कारण

क्वालालम्पुर (रासस/एएफपी)– मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौँले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरूले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्वसुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना […]

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

कुन्दुज (रासस/एएफपी)– अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् । बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरू सात जना गम्भीर घाइते भएका जिल्ला गभर्नर मोहम्मद रुस्तम राघीले बताए । स्थानीय गाउँलेहरूले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरू […]

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु

फोर्ट लाउडरभिल, अमेरिका (रासस/एपी)– संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुवाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरूले आगो नियन्त्रणमा ल्याउनाका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ । […]

मन्दिरमा रजस्वला हुने उमेरका महिलालाई प्रवेश दिएको विरोधमा ७५० पक्राउ

तिरुवनंतपुरम, भारत (रासस/एएफपी)– दक्षिणी भारतको एउटा मन्दिरमा दुई जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रदर्शनपछि ७५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरूको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरीत गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध र […]

सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाण्डौ– वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ […]

निर्वाचनमा हिंसा हुँदा १२ जनाको मृत्यु

ढाका (रासस/एएफपी) – बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन् । विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश […]

नाइजेरियामा किसान र गोठालाबीच भिडन्त हुँदा ३ हजार ६०० मारिए

लागोस (रासस/एएफपी) नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संस्था एम्नेष्ट इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०१६ देखि अहिले सम्ममा उनीहरूको मृत्यु भएको हो । हिंसामा दोषी रहेकाहरूलाई कारबाही गर्न सरकार असफल भएको पनि एम्नेष्टीले उल्लेख गरेको छ । सन् […]

द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’

जुबा (रासस/सिन्ह्वा)– सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच बर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको छ । द्वन्द्वका कारण अरु चालिस लाख मानिस […]

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

नयाँ दिल्ली (रासस/एएफपी)– उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनौँ अरु कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालय […]

रूसी विमानमाथि आक्रमण, १५ जनाको मृत्यु

मस्को, रूस (एपी)– रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खसालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ । रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताइएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित […]