मिस टुरिजमको तेस्रो संस्करण भदौमा

काठमाडौं– मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आयोजना गर्नेे ‘मिस टुरिजम–२०१८’ का लागि आजदेखि देशभर आवेदन खुल्ला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण […]

दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्ने कि नराख्नेबारे बहस

काठमाडौं– साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ । निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्रद्धाञ्जलि दिने परम्परा रहेकामा प्रतिष्ठानमा क्रियाशील तीन वटै कर्मचारी संघसंगठनले यसको विरोध गरेपछि बहस उत्पन्न भएको हो । साहित्यिक वातावरणको संस्थालाई ‘मूर्दाघर’ बनाउन […]

लघुकथाः बेरोजगारी पीडा (जागिर कुकुर हगाउने)

बेरोजगारीको बिल्ला भिरेको पनि एक बर्ष पुग्न लाग्यो, पढ्न पनि सकिएन, कुनै राजनीतिक दलमा आबद्ध हुन पनि सकिएन, न त कुनै कामको लागि कसै संग चाप्लुसि गर्न सकियो । आफै देखि बिरक्त लागेर आइसक्यो । ऋणको भारले रातभरी एेठन हुन्छ । आक्कल–झुक्कल देखेको सपनीमा पनि ससुरालीले गिज्याएको मात्रै देख्छु । ‘छोरी माग्ने बेलामा खुबै फुर्ति […]

अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

काठमाडौ– चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ । यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरू राखिएका छन् । कलाकार रेग्मीले पाँच बर्षदेखि गरेको सिर्जना र मेहनतबाट […]

नाटककार मल्लद्वारा आर्थिक सहयोग

काठमाडौँ (पास)– वरिष्ठ नाट्यकार अशेष मल्लले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि सहयोगस्वरुप एक लाख प्रदान गरेका छन् । उनले उक्त सहयोग रकम आज श्वेता फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् । सिन्धुपाल्चोक जिल्लाको वडा नं ४ को माझी बस्तीमा ५३ वटा घर बनाउने कार्यक्रम रहेको फाउण्डेशनले जानकारी दिएको छ । वरिष्ठ नाटककार नानी थापाको आफ्नै निर्देशनमा […]

लोकसंगीतको उर्वर भूमि स्याङ्जा

वालिङ, स्याङ्जा- ‘तिमी एक्लै छौ भन्ने थाहा पाको म स्याङ्जाको मायालु झापाको स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी) नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरूले गाएका वा सिर्जना गरेका शब्दहरूले यसको पुष्टि गर्दछ । लोक संगीतका क्षेत्रमा […]

‘अम्बर गुरुङ स्मृति ग्रन्थ’ प्रकाशित

काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’ प्रकाशन गरेको छ । प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रिय गानका सङ्गीतकार गुरुङको दोस्रो स्मृति दिवसको अवसर पारेर आज सो स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । स्मृतिग्रन्थमा गुरुङको कृतित्व र व्यक्तित्वबारे पाँच दर्जन व्यक्तित्वको लेख, रचना, संस्मरण तथा समालोचना समावेश गरिएको छ । ग्रन्थमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, […]

राष्ट्रकवि शनिबार आउँदै

काठमाडौं (पास)– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि भोली शनिबार स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । ‘भारतमा उपचारमा गराउँदा उहाँ पूर्ण रुपमा स्वस्थ हुनुभएको छ”, उनले भनिन्, ‘त्यसैले अब चिकित्सकको सल्लाहमा उहाँ शनिबार स्वदेश फर्कन थाल्नुभएको हो ।’ उनकाअनुसार राष्ट्रकवि शनिबार […]

राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए

रोल्पा (पास)– बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् । यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र संगीत मगर, बाग्लुङका गिरी श्रीस मगर, सोलुखुम्बुका गणेश खतिवडा, रुपन्देहीका देशबन्धु आचार्य रहेका छन् । यसैगरी छनोट हुने अन्य प्रतियोगीमा गोरखाका निशान निष्कर्ष, लमजुङका प्रज्वल […]

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी– शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाले मादल, दमाह र झ्याली बजाउने गर्छन् । विवाह, […]