नाटककार मल्लद्वारा आर्थिक सहयोग

काठमाडौँ (पास)– वरिष्ठ नाट्यकार अशेष मल्लले सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि सहयोगस्वरुप एक लाख प्रदान गरेका छन् ।

उनले उक्त सहयोग रकम आज श्वेता फाउण्डेशनलाई हस्तान्तरण गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाको वडा नं ४ को माझी बस्तीमा ५३ वटा घर बनाउने कार्यक्रम रहेको फाउण्डेशनले जानकारी दिएको छ ।

वरिष्ठ नाटककार नानी थापाको आफ्नै निर्देशनमा निर्मित नाटक २०७४ भदौ र असोजमा प्रदर्शन गरी उठेको रकम फाउण्डेशनलाई प्रदान गरिएको हो ।