मेस्सीको खेलको तेस्रो मिनेटमै गोल

कप्तान लियोनल मेस्सीले कीर्तिमान रचेसँगै बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । बुधबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभिया प्राहलाई २–१ गोलले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमै सुरुवाती गोल गरेका थिए । यस गोलसँगै मेस्सी च्याम्पियन्स लिग फुटबलमा लगातार १५औं सिजनसम्म गोल गर्ने पहिलो खेलाडी बनेका […]

पूर्वाञ्चल गोल्डकप असोज ११ देखि

झापा- झापाको बिर्तामोडमा आगामी असोज ११ देखि सुरु हुने ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा सहभागी टिमहरु सार्वजनिक गरिएको छ। सहभागी टिममा दुई भारतीय टिमसहित आठ टिम रहनेछन्। आयोजक जायोन स्पोर्टस् क्लबले भारतका दुई, नेपालका ए डिभिजनका चार र मोफसलका दुई टिम सहभागी हुने जनाएको छ। सहभागी टिममा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस रहेका छन्। यस्तै, […]

विश्वकप फाइनलमा अम्पायरले ५ रन दिनुपर्नेमा ६ रन दिँदा न्यूजिल्याण्डको हार

काठमाडौं- अस्ट्रेलियाका पूर्व क्रिकेट अम्पायर तथा आईसीसी अम्पायर प्यानलका पूर्व सदस्यसमेत रहेका साइमन टफेलले न्युजिल्याण्ड र इंग्ल्याण्डबीच भएको विश्वकप फाइनल खेलमा अम्पायरले गल्ती गरेको बताएका छन् । ट्रेन्ट बोल्टले गरिरहेको अन्तिम ओभरमा स्टोकमा ब्याटमा लागेर भएको ओभर थ्रो बाउण्ड्रीमा ५ रन दिनुपर्नेमा ६ रन दिनुमा अम्पायरको गल्ती भएको उनले बताएका हुन् । क्रिकेट नियमलाई हेर्ने […]

जसले विश्वकप जिताए उनकै पितालाई गाली किन ?

काठमाडौं– विश्वकप क्रिकेट इङल्याण्डले जितेको छ । यो खेलमा जीतको हिरो इङल्याण्डका अलराउण्डर बेन स्टोक्स बने । जब न्यूजिल्याण्डले इङल्याण्डका टप बर्डर ब्याट्सम्यानलाई आउट गरिसकेको थियो यस्तो कठिन परिस्थितिमा आएका बेन स्टोक्स क्रिजमा जमे । उनको ८४ रनको नटआउट इनिङले खेललाई बराबरीसम्म पुर्यायो । यसपछि सुपरओभरमा बनेका १५ रनमध्ये टोक्सले ८ रन बनाए । तर, […]

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीलाई

कास्की– गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । विसं २०६५ देखि लगातार कास्कीले सो उपाधि जित्दै आएको छ । यही असार २६ गतेदेखि शुरु भएको प्रतियोगितामा कास्कीले १९ स्वर्ण, १३ रजत र १० कास्यसहित ४२ पदक जितेर उपाधि चुमेको हो । एथलेटिक्समा १२ स्वर्ण, करातेमा दुई, उसुमा दुई र तेक्वान्दो, […]

भारतको विश्वकप जित्ने सपना तुहियो, न्युजिल्यान्ड विश्वकप फाइनलमा

काठमाडौं– न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेसँगै भारतको विश्वकप जित्ने सपना तुहिएको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको हो । म्यान्चेस्टरमा ४९ ओभर ३ बल खेलेको भारतले पूरै विकेट गुमाउँदै २२१ मात्र रन बनायो । भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेले […]

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

लिस्बन- कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् । सन् २०१६ देखि पोर्चुगल बस्दै आएका […]

नेयमारले किन बार्सिलोना आउने चाहना रहेको बताए ?

बार्सिलोना- ब्राजिलियाली अग्रपङ्तिका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताएका छन् । करीब दुई वर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताएका हुन् । […]

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

म्याड्रिड (एपी)– युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ । स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २–० गोल अन्तरले पराजित गरेको थियो । पहिलो गोल दुई मिनेटभित्रै गरेको लिभरपुल र टोटेनह्यामबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो गोल लिभरपुलका प्रतिभाशाली खेलाडी एवं प्लेमेकर मोहम्मद […]

२०२२ को विश्वकप फुटबलमा ३२ टिम मात्र सहभागी हुने

लुसान– विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ […]