आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

काठमाडौं (पास)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद– २०७५ को लोगो मंगलबार सार्वजनिक गरेको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नेपालगन्जमा आयोजित एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन् । लोगोमा रहेको चन्द्र सूर्य अंकित झण्डाले सिंगो नेपालको प्रतिनिधित्व गरेको छ । शान्तिको परेवाले अपसी भाइचाराको सन्देश बोकी आठौं राष्ट्रिय खेलकुदको प्रतितिधित्व हुने गरी […]

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने

पोखरा (पास)– प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट एक लाख प्रदान गर्ने घोषणा गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उनले आगामी चैत महिनामा आउने प्रदेशको […]

४० जना नेपालीले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौं (पास)– कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए । उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै […]

ग्रामर र न्यु भिजनलाई फिजम कप

काठमाडौं– ग्रामर पब्लिक स्कुल र न्यु भिजन एकेडेमीले दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रामर ब्वाइजमा पहिलो भयो भने डिफेन्डिङ च्याम्पियन न्यु भिजनले गल्र्समा उपाधि रक्षा ग¥यो । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले स्वर्णिम तारालाई ३५–२९ ले पराजित ग¥यो । ग्रामरका सौगात राईले १६ […]

पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा (रासस)– भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार […]

क्रिकेट खेलाडीलाई जनही तीन लाख दिइने

काठमाडौं (पास)– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही तीन लाख दिइने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त […]

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ (प्रस)– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस […]

तिलोत्तमा गोल्डकप फागुन २४ देखि

बुटवल (रासस)– पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन २४देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि सो गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताको विजेतालाई रु सात लाख ७७ हजार ७७७ शहीद […]

आइसिसी विश्व क्रिकेट लिगमा नेपालले क्यानाडालाई हराँदै विश्वकपको बाटो खोल्यो

काठमाडौं (पास)– आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराउँदै विश्वपक खेल्ने बाटो खुला गरेको छ । क्यानडाले नेपालसामु प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य अन्तिम बलसम्मको कसरतमा नेपालले १ विकेटले जित निकालेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय […]

विश्वकप छनोट खेल्न बुधबार नेपाल गर वा मरको अवस्थामा

काठमाडौं (पास)– विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको हुँदा गर या मरको अवस्थामा नेपाली क्रिकेट टोली रहेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत मंगलबार भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अन्तिम चरणको खेल […]