विश्वकप क्रिकेट छनोटः नेपाल आज हङकङसँग खेल्दै

काठमाडौं– जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ ।तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि समूह ए को […]

रियाल मड्रिड र लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं– स्पेनिस फुटबल क्लव रियाल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २-१ ले हराउँदै स्पेनिस जायन्ट रियाल मड्रिड अन्तिम आठमा पुगेको हो । खेलमा रियाल मड्रिडका क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल गरे । पि.एस.जी.का […]

मेस्सीको उत्कृष्ट गोलले बार्सिलोनाको जित

काठमाडौं– लिओनल मेस्सीको उत्कृष्ट फ्रि किक गोलसँगै बार्सिलोनाले ला लिगाको महत्वपूर्ण खेलमा एथ्लेटिको मड्रिडलाई हराएको छ ।जितसँगै बार्सिलोनाले ११ खेल खेल्न बाँकी छँदा ८ अंकको अग्रता कायम राखेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिकोलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको […]

नेपालले आज आयोजक जिम्बावेको सामना गर्दै

काठमाडौं– एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजबाट जिम्बावेमा सुरु हुँदै छ ।प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक जिम्बावेको सामना गर्दै छ । नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल सुरु हुने छ । प्रतियोगितामा टेष्ट मान्यता प्राप्त चार राष्ट्रसहित कूल १० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । नेपाल र जिम्बावेसँगै समुह बी मा अफगानिस्तान, […]

आर्सनल दोस्रोपटक म्यान्चेस्टर सिटीसँग पराजित

काठमाडौं – गएराति राति भएको खेलमा लिग लिडर सिटीले शीर्ष चारमा पर्न संघर्षरत आर्सनललाई ३–० गोल अन्तरले हराएको हो । आफ्नै मैदानमा खेलेको आर्सनलविरुद्ध सिटीका बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे । आर्सनलको यो हार सिटीविरुद्ध ५ दिनको अन्तरमा लगातार दोस्रो हो । गत आईतबार सम्पन्न काराबाओ कप फुटबलको फाईनलमा पनि […]

दश वर्ष पुग्दा पनि बन्न सकेन रंगशाला

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो । निर्माणका लागि […]

स्पानियोलसंग रियल मड्रिड पराजित

काठमाडौं –जेरार्ड मोरेनोको इन्जुरी टाइमको गोलसँगै स्पानियोलले ला लिगामा रियल मड्रिडलाई हराएको छ ।स्पानियोलले रियललाई हराएको दशकमै पहिलो पटक हो ।रियल मड्रिडले पछिल्लो ५ खेल जितेको थियो । तर क्रिष्टियानो रोनाल्डोलाई आराम दिँदा मूल्य चुकाएको छ । रियल मड्रिडलाई १–० ले पराजित भएको हो । खेलको अन्त्यतिर रियलका डिफेण्डर सर्जिओ रामोस अतिरिक्त स्ट्राइकरको भूमिकामा खेलेका […]

चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचियो

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ ।गत अगस्ट महिनामा पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । उनी त्यसअघि बार्सिलोनाबाट खेल्दथे । पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन […]

आज नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गरीने

काठमाडौं– विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद पुरस्कारसहित सम्मान गर्दैछ ।नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा […]

प्याराग्लाइडिङबाट धरानमा पर्यटकको आकर्षण बढ्दै

इनरुवा (पास)– सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् । मौसम अनुकूल रहेको समयमा धरानको […]