एन्जल्स हार्टलाई उपाधि

काठमाडौं (पास)– एन्जल्स हार्टले प्रथम एक्टिभ अन्तरविद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बसुन्धारास्थित आयोजक एक्टिभ स्कुलको कोर्टमा भएको फाइनलमा एन्जल्स हार्टले बीएनएलाई २१–१५ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा ओसिस केसीले १० अंक योगदान गरे । ओडिसी इन्टरनेसनल एकेडेमीले तेश्रो स्थानमा चित्त बुझायो । हुकुम रोकाको ८ अंक सहयोगमा ओडिसीले नेपाल […]

पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

काठमाडौं (पास)– आगामी १८ फागुनमा होलीको अवसरमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको […]

प्रधानसेनापति खुला म्याराथनमा कृष्ण बस्नेत पहिलो

काठमाडौं (पास)– प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा शनिबार आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर मोटरसाइकल, एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । उक्त प्रतियोगितामा सशस्त्र […]

दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं (पास)– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ । अफिस पार्कमा सामान्य लक्ष्यसहित ब्याटिङ गरेको ओमनले ३५.१ ओभरमा नेपालमाथि जित हात पारेको हो । ओमनका लागि अकिब इल्यासले ४६, बैभभ वाटगओन्करले ३७ र जतिन्दर सिंहले २४ रनको योगदान दिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले […]

माउन्ट ग्लोरीलाई उपाधि

काठमाडौं (पास)– माउन्ट ग्लोरीले दोश्रो नेफ–साइपाल यु–१६ फाइभ ए साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ग्लोरीले नेपालयलाई ७–० गोलले पराजित ग¥यो । आयुश घलानले ह्याट्रिक गरे भने प्रीतम तामाङ र दिपेश गुरुङले २–२ गोल गरे । चुच्चेपाटीमा भएको प्रतियोगितामा […]

आइसिसी विश्व क्रिकेट लिगमा नेपालद्वारा नामिबिया पराजित

काठमाडौं (पास)– आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ […]

स्वरेजले गोल गर्दा बार्सिलोना विजयी

एजेन्सी– बार्सिलोनाले कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ । लुईस स्वारेजको एक मात्र निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियामाथि जित हात पारेको हो । बिहीबार राति आफ्नो नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि १–० गोलअन्तरले जित हात पारेको हो । पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । गोल गर्ने […]

सिटी र लिभरपुल विजयी

लण्डन (एजेन्सी)– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुँदा आर्सनल भने पराजित भएको छ । मंगलबार राति भएको खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा स्वान्सी सिटीलाई विजयी गराउन स्याम क्लुकासले दुई तथा जोर्डन आयुले एक गोल गरे । आर्सनलका नाचो मोन्रियालले सुरुआती गोल गरेका थिए । मंगलबारै राति भएको अर्को खेलमा […]

थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं (पास)– पोखरामा जारी १६औँ आहा रारा गोल्डकपको फाइनलमा थ्रीस्टार क्लब पुगेको छ । बंगलादेशको उत्तर बरिधार एफसीलाई ५–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार फाइनल पुगेको हो । पोखरा रंगशलामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारले उत्तर बरिधार एफसीमाथि गोलको बर्षा नै ग¥यो । पहिलो हाफको अन्तिम समयमा ३ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा थप २ […]

नेपालकी पुनमलाई भारतमा कास्य पदक

काठमाडौं (पास)– भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन् । मंगलबार महिला लाइट वेल्टर ६४ केजी तौल समूहमा पुनम रावलले नेपाललाई कास्य पदक दिलाएकी हुन् । दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा भएको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन् । पुनमले […]