मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

मेक्सिको (रासस/एएफपी)– मेक्सिकोमा फुटबल खेल हेरिरहेकाव्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो । […]

थ्री स्टारले जित्यो मदन भण्डारी गोल्डकपको उपाधि

इटहरी (पास)– मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका […]

नेपाल पुलिस क्लब विजयी

पोखरा (पास)– पोखरामा जारी आहा रारा गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब विजयी बनेको छ । खेलको १२ औँ मिनेटमा पुलिस क्लबका अभिषेक रिजालको पासमा सुमन लामाले हेडिङमार्फत गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्न पुग्यो । आजको खेलमा पुलिस क्लबका रवि पासवान उत्कृष्ट खेलाडी घोषित […]

मनाङ मदन भण्डारी स्मृति गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (पास)– मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ लाई ४–३ ले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो । इटहरी रंगशालामा भएको खेलमा दुवै टोलीका खेलाडीले ह्याट्रिक गरेका थिए । मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे । यस्तै मनाङको लागि विशाल […]

मदन भण्डारी गोल्डकपमा पहिलो खेलमा थ्रिस्टार विजयी

इटहरी (पास)– थ्रिस्टारका मार्टिन इटरहीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको पहिलो खेल जीत्न निर्णायक बनेका छन् । पहिलो हाफको ३८औँ मिनेट र र दोस्रो हाफको २ मिनेटमा मार्टिनले गोल गरेका हुन । दोस्रो हाफको २२ मिनेटमा पिटरले आफ्नै पोस्टमा गोल हाने पछि सशस्त्र प्रहरीको एपीएफलाइ एक गोल प्राप्त भएको थियो । दुुइ एकको अग्रता […]

जुडो राष्ट्रिय टिमको प्रशिक्षण सुरु

काठमाडौं (पास)– अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट आएका जुडो प्रशिक्षक डान तेलर्काले राष्ट्रिय टिममा परेका जुडो खेलाडीलाई बुधबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन् । समान १४–१४ पुरुष/महिला खेलाडीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिन थालिएको हो । गत पुस अन्तिम साता सातदोबाटोमा सम्पन्न राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं राष्ट्रिय जुडो प्रतियोगिताको आ–आफ्नो तौलसमूहमा पहिलो र दोश्रो […]

टेष्ट खेलमा दक्षिण अफ्रिकासँग भारतको लज्जास्पद हार

काठमाडौं– भारतविरुद्धको टेस्ट क्रिकेट शृंखला दक्षिण अफ्रिकाले जितेको छ । तीन खेलको शृंखलामा लगातार दुई खेल जितेर दक्षिण अफ्रिकाले एक खेलअघि नै शृंखलामा कब्जा जमाएको हो । सेन्चुरियनमा भएको दोस्रो खेलमा घरेलु टोली दक्षिण अफ्रिका १३५ रनले विजयी भयो । २८७ रनको चुनौती पछ्याएको भारत बुधबार १५१ रनमै अलआउट भएपछि भारतले लज्जास्पद हार व्यहोरेको हो […]

एपीएफ र आर्मी सुपर लिगमा प्रवेश

काठमाडौं– राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपको सुपर लिगमा विभागीय टिम एपीएफ क्लब प्रवेश गरेको छ । लगातार दुई खेलमा भारी गोलअन्तरले जित हात पार्दै एपीएफ क्बल सुपर लिगमा प्रवेश गरेको हो । ललितपुरस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई १४–० गोलअन्तरले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा एपीएफले मध्यपश्चिमाञ्चल […]

इपीएल क्रिकेटमा ललितपुरलाई हराउँदै भैरहवा फाइनल प्रवेश

काठमाडौं– भैरहवा ग्लाडिएटर्सले ललितपुर प्याट्रिएट्सलाई ३ विकेटले हराउँदै ईपीएलको फाइनलमा प्रवेश गरेको छ । अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा रोहितकुमार पौडेलले पहिलो बलमा नै छक्का प्रहार गरे त्यस्तै दोस्रो बलमा पनि लगातार छक्का प्रहार गर्दै उनले स्कोर लेभल बराबरी बनाएका थिए । अन्तिम ओभर सकिन ३ बल बाँकी छँदै रोहितले आफ्नो टिमलाई फाइनलमा पु¥याए। […]

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

काठमाडौ- एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो । यस खेलसँगै चार खेल खेलेको […]