अख्तियार आयुक्त राजनारायण पाठकले घुष लिएको सार्वजनिक गरिदिने ध्वजमान मुक्तानको सर्लाही १ बाट चुनाव जित्ने दावी

सर्लाही । भ्रष्टाचार विरोधि युवा अभियन्ता एवं खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका कुशल खेलाडी ध्वजमान मुक्तानले सर्लाही १ बाट चुनाव जित्ने दावी गरेका छन् । प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवारी दिएका मुक्तानले राजनैतिक दल र तिनका कार्यकर्ताको कार्य शैलिबाट आजित भएका जनताले योग्य, सक्षम र समाज परिवर्तनको योजना भएको व्यक्ति खोजिरहेको हुनाले आफ्नो […]

एमाले बिगार्न खोज्नेहरु निस्किएर गएकाले ढुक्क छु : अध्यक्ष ओली

बाग्लुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए । सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने […]

कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं २ बाहेक चार निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकोतर्फबाट दुई, नेकपा (एमाले)बाट तीन र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नं १ मा […]

हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार विदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना लगायतका एमालेको आकर्षक घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् । घोषणापत्रमार्फत एमालेले आगामी […]

आफैँ सम्पत्ति विवरण सार्वजनिक नगर्ने अनि आफ्नै पार्टी कांग्रेसको घोषणापत्रमा भने प्रत्येक वर्ष जारी गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले सामान्यतः ३५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन भएता पनि २०७८ असार २८ गतेको सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्रमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानून […]

नेपाली कांग्रेसको चुनावी घोषणापत्र २०७९ (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र महामन्त्री विश्वप्रकाश […]

एमालेको इज्जतका लागि भए पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ : ओली

झापा । एमाले र राप्रपाले शुक्रबार भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा एमालेको इज्जतका लागि भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् । एमाले अध्यक्ष ओलीले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई निर्धक्क भएर […]

ओलीले आफ्ना दिदीबहिनीसँग लगाए भाइटीका

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । ओलीले आफ्नै निवास भक्तपुरको बालकोटमा ३ जना दिदीबहिनीबाट भाइटीका लगाएका हुन् । ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइदिएका हुन् ।

समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

काठमाडौं । निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन […]

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ […]