मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन् । शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र […]

धरान उपमहानर प्रमुख तारा सुब्बाको दाहसंस्कार शनिबार

इटहरी– सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडाँैको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । उनको पार्थिव शरीर भोलि ११.३० बजेपछि […]

इण्टरनेट शुल्क समायोजन गर्न समिति बन्दै

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट ब्यान्डविथको मूल्य घटेको तथ्यलाई ध्यानमा राखेर लागत विश्लेषणसहित उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजन गर्न नीतिगत व्यवस्था गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिको बैठकले आर्थिक ऐनबमोजिम इन्टरनेट सेवामा […]

स्थिरताको वातावरण बिगार्नेसँग प्रतिवाद गर्न प्रचण्डको आग्रह

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन् । नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अस्थिरताको फोहोर फालेर पाँचवर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवादउन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउँदै भने, ‘अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, […]

काठमाडौंको विभिन्न चोक दुर्गन्धित, रोगको संक्रमण बढ्ने खतरा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ । चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई […]

‘प्रधानमन्त्री ज्यु, सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्नुस, यहि हो उपयुक्त समय’

अहिले गोबिन्द केसीको आमारण अनसनको बारेमा सायद कमै नेपालीहरुलाई मात्र थाहा होला | उहाको आन्दोलनको बारेमा धेरै पक्ष-बिपक्षामा निस्केको बहस पनि हामीले सुनिसकेको छौ | तर अब बहसमा मात्र उत्रिने हो भने यो समस्याको समाधान हुने हैन कि झन् जटिल बन्ने खतरा प्रबल छ | उहाले उठाएको माथेमा आयोगको प्रतिवेदनको हुबहु कार्यान्बयको मागले स्वभाबिक रुपमा […]

निर्वाचित भएको एक वर्षपछि मात्र वडा कार्यालय स्थापना

भद्रपुर– गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गरेका हुन् । वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति भए पनि करीब एक वर्षपछि मात्र गौरीगञ्ज गाउँपालिकाको वडा नं ५ ले सम्बन्धित वडामा नै कार्यालय स्थापना गर्न सकेको छ । यसअघि […]

जनप्रतिनिधिले एकै किसिमको पोशाक र लोगो लगाउनुपर्ने

खोटाङ– जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पहिचानको लागि पोशाक र प्रतिक चिह्न (लोगो) लागू गरिएको छ । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्डा रहेको लोगो लागू गरिएको हो । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि […]

सरकारले जनविरोधी क्रियाकलाप गरेको भन्दै काँग्रेसले विरोध सभा गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज एक विज्ञप्तिमार्फत उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाईलाई समेत सहभागी हुन आह्वान गरेका […]

प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

वीरगञ्ज– प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै लोकप्रिय हुन थालेको जनप्रतिनिधिको भनाइ छ । पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा […]