तत्काल प्रदेश ५ को स्थायी मुकाम र नामकरण गर्न आग्रह

बुटवल– प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा उनीहरुले प्रदेश नं ५ को स्थायी मुकाम र नामकरण अविलम्ब गर्न आग्रह गर्दै वर्षाका कारण भएको डुबान समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले प्रदेश सरकारको स्थायी मुकाम र नामकरण अविलम्ब टुङ्ग्याउन आग्रह गरे […]

नेपालमा लगानीको लागि विश्व बैंकलाई अध्यक्ष दाहालको आग्रह

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बिहीबार दाहालकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गरेका हुन् । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गरेको […]

मुख्यमन्त्री शेरधन राई भन्छन्, प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु

इलाम– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका छन् । इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्षभित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री राईले विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि र जलविद्युत्का क्षेत्रलाई […]

जननेता भण्डारीको आज ६७ औँ जन्मजयन्ती मनाईयो

काठमाडौँ– जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइएको छ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गरेका छन् । पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाएका छन् । विश्व कम्युनिष्ट आन्दोलन […]

असार ४ गते राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गरिने

काठमाडौँ– राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आज पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरूको परामर्शमा असार ४ गते गोलाप्रथाबाट सदस्यहरूको पदावधि २, ४ र ६ वर्ष निर्धारण गर्न लागिएको हो । संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार […]

प्रदेशको बजेटले विकासको पूर्वाधार खडा गर्नेः मुख्यमन्त्री राई

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धि ल्याउने कार्यमा ट्रष्ट तथा प्रतिष्ठानले दिनदुःखीको सेवा गरी अगाडि बढ्नुपर्ने बताएका छन् । हरिसिंह–उषादेवी दुगड च्यारेटेवल ट्रष्टको वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले ट्रष्टले शिक्षा, स्वास्थ्य, पत्रकारिता र सामाजिक कार्यमा गरेको सेवा समाजका लागि […]

देउवा भन्छन्, अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ

धनगढी– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपु¥याएसम्म विश्राम नलिने बताएका छन् । नेपाली कांग्रेस कैलालीको आज यहाँ प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पारे । सभापति […]

गृहले एनजिओ र आइएनजिओको नियमनलाई कडाइ गर्नेे

काठमाडौँ– राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)को अनुगमन र नियमनमा अब कडाइ गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच आज गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो । […]

प्रदेश नं ३ः पेट्रोलबाट चल्ने सवारी साधन निषेध गरिने

हेटौँडा– प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आव २०७५/०७६ को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासा […]

सामन्ती संस्कारले पार्टी चल्दैनः नेता सिटौला

काठमाडौँ– नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामन्ती संस्कारले काँग्रेस अगाडि बढ्न नसक्ने बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेवि संघको भूमिका’ विषयक विचार गोष्ठी तथा उदयपुरमा चुनाव प्रचारका क्रममा घाइते मीरा कटुवाललाई आर्थिक सहयोग कार्यक्रममा उनले पार्टी नयाँ संरचनाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘नीति, […]