नुवाकोटमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु

काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले […]

हुम्लामा हिमपात

हुम्ला (रासस)– कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हँुदा चिसो बढ्नाका साथै आवतजावतमा […]

दुलही लिएर फर्केको स्कारपियो दुर्घटना, छ जनाको मृत्यु

दाङ– चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार मृत्य हुनेमा बेहुलाका […]

प्रदेश २ मा आज र भोलि बिदा

धनुषा– प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा आज र भोलि दुई दिन सार्वजनिक बिदा भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन […]

कृषिको सपना र टनेल दुबै बगायो

काठमाडौं– ८ बर्ष विदेशको बसाईपछि स्वदेशमा कृषि ब्यवसायबाट समृद्ध बन्ने सपना बोकेका सुनिल तामाङको आफू बस्ने घरसहितको आधुनिक टनेल र उत्पादन दिन थालेको तरकारी बाढीले बगाएको छ । बाढीमा परि करिव १९ लाखको क्षति भएको छ । तामाङले दुप्चेश्वरी कृषि फार्म दर्ता गरी काठमाण्डौं स्थित गोकर्णेश्वर नगरपालिका ४ नम्गेलमा ८ रोपनीमा ०७३ सालादेखि टनेलमा ब्यवसायिक […]

हेड सरको सनही !

कुश्मा– ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउने कामसमेत गरेका हुन्छन् तर यहाँको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् । जिल्लाको एक माविका प्रअलाई सार्वजनिक […]

तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

काठमाडौं– ‘लिटिल बुद्ध’को नामले प्रचलित तपस्वी रामबहादुर बम्जनमाथि आश्रममै ‘आनी’माथि १८ पटक बलात्कारको आरोप छ । बम्जनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भएको हो । पीडित किशोरीले शनिबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् । सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बमजनले १८ पटक बलात्कार गरेको र […]

दर खान जाँदा बेगनास तालमा डुंगा डुब्यो, दुईको मृत्यु, ६ जना बेपत्ता

पोखरा– पोखराको बेगनास तालमा डुंगा डुब्दा दर खान हिँडेका २ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । बेगनास तालको लिब्दी टुडँमा १० जना सबार डुंगा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल र […]

अपडेटः हेलिकप्टर दुर्घटनास्थलमा ६ जनाको शव भेटियो, एक जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं– गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएकी एक महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । घाइते हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकी रहेकी छिन् । घटनास्थल निकै दुर्गमस्थानमा रहेकाले उनलाई डोकोमा राखेर अस्पतालतर्फ लगिएको छ । शनिबार […]

झारफुक गर्ने वहानामा किशोरी बलात्कृत

बाँके (रासस)– नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साइबाबाले तीन चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र […]