एकैपटक २६ जना एसएसपीको सरुवा

SSP nepal police logo

काठमाडौं । एकैपटक ठूलो संख्यामा नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा भएको छ । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको हो । गृहमन्त्री बालकृष्ण खाणले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको सरुवा गरेका हुन् । २६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव […]

नेप्से सीईओको लागि ५ जना छानिए

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना छनोटमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ । नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले […]

आज नेप्से ४३ अंकले बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)( परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्सेमा ४३ अंकको उत्साहजनक वृद्धि आएसँगै परिसूचक २६ सय ९२ अंकमा पुगेको छ । यसक्रममा आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक […]

नारायणहिटीबाट बतासलाई उडाएरै छाड्छौं : मन्त्री आले

काठमाडौं । आज पत्रकारहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयबाट बतास समूहलाई हटाएरै छाड्ने बताएका छन् । मन्त्री आलेले संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताए । बतास समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको पनि बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट […]

एकै रातमा दर्जनौं प्रदर्शनकारी मारिए

काठमाडौं । कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरु मारिएको प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ । हिजो राती, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् । काजकिस्तानका राष्ट्रपति कास्यम […]

किन लगातार घट्दैछ सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । […]

प्रचण्डले अब कोहिसँग भेटवार्ता नगर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पनि भेटघाट नगर्ने भएका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा हुदै आएको भेटघाट र शुभकामना आदान प्रदानमा रोक लगाएका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार सूचना जारी गर्दै काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन […]

आज शेयर बजार ३० अंकले ओरालो लाग्यो

काठमाडौं । आइतबार, सोमबार र मंगलबार उच्च अंकले बढेको शेयर बजार आज बुधबार ३० अंकको झरेको छ । आज बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा रोकिएको छ । सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो […]