दुर्गेश थापाको नयाँ गीत ‘द मास्कर’ सार्वजनिक

काठमाडौं । नयाँ बर्ष ०७७ सँगै गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत नयाँ बर्षको अवसरमा बजारमा ल्याएका हुन् ।

युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल दुर्गेश थापाले आफ्नै स्वरमा “द मास्कर” नामक नयाँ म्युजिक भिडियो आज नया वर्षको अवसरमा दर्शकलाई कोशिली पुर्वक बजारमा ल्याएका हुन् ।

यस गीतमा दुर्गेश थापाको आफ्नै शब्द संगीत रहेको छ भने अरोन अशोककुमारले छायांकनको भूमिका निर्भाह गरेका छन् भने यस नया गितको अफिसियल म्युसिक भिडियोमा चर्चित मोडल तथा युटुबर सोनीका रोकायाले पनि मोडलको भूमिका निर्भाह गरेकि छिन् ।

तीजको समयमा ‘बिच्च बिच्चमा’, चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत र ‘ह्याप्पी तिहार’ बोलको गीतबाट धेरै चर्चामा आएका उनले सधै फरक शैलीको गित सार्वजनिक गर्ने गर्छन् ।

“द मास्कर ” नामक नया गीतमा राजनीतिक दलका नेताहरु माथि व्यंग्य प्रहार गरिएको छ भने उनलाई धोका दिने पूर्व प्रेमिका माथि पनि व्यंग्य गरिएको छ । यस गीतको भिडियोमा शिब बिकेको निर्देशन र मिलन विस्वकर्माको सम्पादन रहेको छ ।