गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ को मृत्यु

सोल– दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ सो आगलागी शुरु भएको थियो ।

राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी शुरु भएको बताइएको छ ।

आगलागी शुरु भएको सो समयमा कम्पनीका ८० जना कामदार भवनभित्र नै रहेका थिए । यस आगलागीमा परी २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । अन्य सात जना घाइते भएका छन् । अझै पनि कैयौँ श्रमिक बेपत्ता रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

योन्हाप समाचार समितिले अग्नि नियन्त्रण विभागका अधिकारीलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ । एजेन्सी