उपकरण अभाव भएपछि स्वाब संकलन कार्य बन्द

गाईघाट– कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ । कार्यलयका प्रमुख मोहन सुवेदीले आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको जनाकारी दिए ।