पोखराका १६ सशस्त्र प्रहरीलाई कोरोना भाइरसको संक्रमण

कास्की । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाबाट पोखरा आएर क्वारेन्टिनमा बसेका प्रहरी मध्य २९ जनाको नमूना सङ्कलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।