विश्वभर कोरोना संम्रकणको कारण ८ लाख १५ हजार जनाको मृत्यु

काठमाडौं । २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख १५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख १५ हजार ३८ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड ३७ लाख ५२ हजार ९६५ पुगेको तथ्यांकमा उल्लेख छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।