मौसम अपडेट : पहाडी भेगमा आंशिक बदली, हल्का वर्षाको पूर्वानुमान

काठमाडौँ । मुलुकका पहाडी भेगमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ का एकाध ठाउँमा दिउँसो हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मा आंशिक बदलीको सम्भावना छ ।

अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।