यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३८ रुपैयाँ २२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।