३ सय ८२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । २० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ५२ जना डिस्चार्ज भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार २ सय १० पुगेको छ । अहिलेसम्म ८ लाख २८ हजार ७ सय ७३ जनामा कोरोना संक्रमण भएको छ ।

सोही अवधिमा देशभर ५९ हजार १ सय १२ जनाले खोप लगाउँदा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६९ रहेको छ । जसमध्ये २७ जना भेन्टिलेटरमा र ८९ जना आईसीयूमा छन् ।

कोभिडबाट आज एक जनाको पनि मृत्यु भएको छैन ।