उखु किसानको वक्यौता नदिने मिलको बैंक खाता र जग्गा रोक्का गर्न निर्देशन

काठमाडौं । उखु किसानको भुक्तानी नदिने उखु मिलहरुको बैंक खाता र जग्गा तत्काल रोक्न निर्देशन दिएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम, इन्दिरा, हिमालयन, अन्नपूर्ण र लुम्बिनीको बैंक खाता र जग्गा रोक्नका लागि पत्राचार गरिएको बताएका छन् ।

हाल देशैभरी रहेका २९ वटा चिनी मिलमध्ये ८ वटा सञ्चालमा छन् भने ५ वटाले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी छ । समयमै भुक्तानी नदिने यी कम्पनीको बैंक खाता रोक्नका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पचात्रार गरिएको छ ।