राष्ट्रियसभा बैठक माघ ३ सम्म सारियो

Rastriya sava

काठमाडौं । पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा। भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको गौतमको भनाइ छ ।

यस अघिसमेत पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको थियो । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी गराएका थिए।

यसअघि पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक फेरि सरेर माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।