देउवाले जसपाका मन्त्रीहरु हटापछि मधेस प्रदेशमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीका मन्त्री हटाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेसँगै मधेस प्रदेशमा पनि जसपाले कांग्रेस, नेकपा एकीकृत समाजवादी ९एस० र माओवादीका मन्त्री हटाउने तयारी गरेको छ।

मधेस प्रदेशमा जसपाका नेता लालबाबु राउत मुख्यमन्त्री छन्। जसपाको नेतृत्वमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (एस) र माओवादी केन्द्रका मन्त्रीहरू सरकारमा सहभागी छन्।

जसपाका प्रवक्ता मनिष सुमनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउनेबारे गृहकार्य भइरहेको बताए।

कहिले हटाउने भन्ने मुख्यमन्त्रीको कुरा हो। तर यताबाट फायर खोलेपछि हामी पनि चुप लाग्न भएन, उनले भने, यसबारे गृहकार्य भइरहेको छ।

मधेस प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन्।

नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्यमन्त्री नागेन्द्रराय यादव छन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रूवीकुमारी कर्ण छन्।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले पनि कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीका मन्त्रीहरूले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त बताए।

ुउहाँहरू आफैंले बुझ्ने कुरा हो। अब उहाँहरूलाई सरकारमा राख्ने कुरा भएन, यादवले भने, उहाँहरूलाई हटाउनुको विकल्प छैन। आफैंले राजीनामा नदिए शुक्रबार बर्खास्त गर्नुपर्छ।