पुरुषतर्फको पहिलो बास्केटबल खेलमा आर्मीलाई सफलता

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले सर्वाधिक २३ नम्बर ल्याएका थिए ।

त्यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७४–३३ स्कोरले पराजित गरेको छ । शुक्रबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ७८–६६ स्कोरले पराजित गरेको छ । त्यस्तै गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ९४–२६ स्कोरले पराजित गरेको छ ।

शुक्रबार नै सम्पन्न पुरुषतर्फ थ्री अन थ्री खेलमा त्रिभूवन आर्मी क्लबले प्रदेश नं १ लाई १७–१२ स्कोरले पराजित गरेको छ । एपीएफ क्लबले मधेश प्रदेशलाई २१–७ स्कोरले पराजित गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २१–१३ स्कोरले पराजित गरेको छ भने गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २१–१० ले पराजित गरेको छ ।