तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित

काठमाडौं (पास)– शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन् ।

नेकपा एमालेकी सांसद तुम्बाहाम्फे आज प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

लागि तुम्बाहाम्फेसँगै कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी परेको थियो । तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको छ भने विपक्षमा ५८ मत खसेको छ । त्यसअघि भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले तुम्बाहाम्फेको पक्षमा परेको मत प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले उनी निर्वाचित भएको जानकारी दिँदै सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

उपसभामुख तुम्बाहाम्फे कानुन व्यवसायीका साथै वाम आन्दोलनमा योगदान पु¥याएको व्यक्तित्व हुन् ।