तीज गीत लिएर आइन् कोपिला गौतम

काठमाडौं– लामो समयपश्चात तीज गीतमार्फत गायिका कोपिला गौतम दर्शक श्रोतामाझ आएकी छन् । ‘चौतारी ताकेर’ बोलको तीज गीतमार्फत उनी फेरि दर्शक श्रोतामाझ आएकी हुन् ।

गीतमा गायिका कोपिला गौतमलाई चन्द्र शर्मा, प्रचन्ड जिसी र सुनिता अधिकारीले साथ दिएका छन् । गीतको शव्द संकलन सुवास केसीले गरेका हुन भने लय प्रचन्ड जिसीको रहेको छ । मेलोडी फिल्म प्रालिले उक्त गितको बजार व्यवस्थापन गरेको छ ।

गीतको म्युजिक भिडियोमा मोडेल रमेश थापा तथा रुविना अधिकारीले फिचरिङ गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

इलामे श्रष्टा कोपिलाका यस अघि थुप्रै गीतहरु बजारमा आईसकेका छन् । ५ वर्ष अघि उनले पशुपति शर्मा सँग ल्याएको तीज गीत ‘पोखरा फेवाताल’ अहिले पनि चर्चाको शिखरमा रहेको छ ।