एटीएम ह्‍याकपछि नेप्सको यस्तो विज्ञप्ति, अब अर्को बैंकको एटीएमबाट रकम झिक्न नमिल्ने

काठमाडौं । नेपालका बैंकहरुबाट चिनियाँ नागरिकले एटीएम कार्ड प्रयोग गरी अनाधिकृत ९ह्याक० रुपमा पैसा निकालेपछि नेपालको बैंकिङ क्षेत्रमा सुरक्षा ग्यारेण्टीका बारेमा ध्यान आकर्षित भएको छ । उक्त घटनाप्रति नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ९नेप्स० ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

नेपालका १८ वटा बैंकको एटीएम कार्ड सम्बन्धी होस्टिङ र स्विचिङको काम गर्दै आएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ९नेप्स० ले केही समयका लागि अन्तर बैंकमा नचल्ने गरी सम्बन्धित बैंकको एटीएम तथा पीओएस मेसिनमा मात्रै चल्ने व्यवस्था गरेको जानकारी गराएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै नेप्सले सम्बन्धित बैंकको एटीएम तथा पीओएस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई आग्रह गरेको छ। “यस कम्पनीमा आवद्ध सबै बैंकको कार्ड सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोहीअनुसार नै प्रयोग गर्नुहुन अनुरोध गर्दछौं ”विज्ञप्तिमा भनिएको छ ।

नेप्सले ह्याकिङ विषयमा अनुसन्धान भइरहेको पनि दाबी गरेको छ । नेप्सले घटनाका कारण ग्राहकको खातामा रहेको रकममा कुनै असर नपरेको र निक्षेपकर्ताको रकम बैंकमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।