राष्ट्र बैंकले जलायो झण्डै ५ खर्ब बराबरका नोट

नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५–०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । नोट पुराना भएर जलाउने क्रम बढिरहेको राष्ट्र […]

देशमा अझै पनि क्रान्ति सकिएको छैनः डा भट्टराई

सिन्धुलीमाढी । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले देशमा क्रान्ति अझै नसकिएको बताएका छन् । जिल्ला समायोजन घोषणा कार्यक्रमका लागि सिन्धुलीमाडी आइपुगेका अध्यक्ष भट्टराईले सत्तासीन व्यक्तिहरूले राजा महाराजाको जस्तो व्यवहार देखाएको दाबी गरे । यस्तो व्यवस्था परिवर्तन गर्न पुनः क्रान्तिको विकल्प नरहेको उनको भनाइ छ। लामो बलिदान, त्याग र संघर्षपछि व्यवस्था परिवर्तन भए पनि सत्तामा […]

रन्थनिँदै हिडेको राँगोलाई न्यूरोडमा गोली हानेर मारियो

काठमाडौं । स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो । केही मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ । काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ […]

नवलपरासी दुर्घटनाः ६ जनाको मृत्यु, सबैको सनाखत

नवलपरासी । पूर्व–पश्चिम महेन्द्रराजमार्गको दुई स्थानमा सोमबार राति भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । कावासोती नारायणगढ खण्डको खरकट्टा जंगलमा कार र ट्रक ठोक्किँदा कारमा रहेका सबै ५ को मृत्यु भएको छ । सोमबार राति १० बजे जंगलमा रोकिराखेको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै […]

नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता, निर्माण कार्य ४२ महिनामा सकिने

नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको छ। काठमाडौंको नागढुङ्गादेखि धादिङको सिस्नेखाला निस्कने उक्त सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाज्मा अन्डो जेभीसँग सोमबार ठेक्का सम्झौता भएको हो। सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सम्झौतापत्रमा सडक विभागअन्तर्गतको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापा र हाज्माका प्रबन्धकले हस्ताक्षर गरेका छन्। हाज्मासँग साढे १३ अर्ब रुपैयाँको ठेक्का सम्भौता […]

अख्तियारमा दुई महिनामा २३ सय उजुरी

नयाँ आर्थिक वर्ष ०७६–०७७ को दुई महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा २३ सय ८१ उजुरी परेका छन् । आयोगका अनुसार असोज पहिलो सातासम्ममा उक्त संख्यामा उजुरी परेको हो । आयोगमा साउनमा ११ सय ९८ , भदौमा १ हजार ९५ र असोज पहिलो सातासम्म जम्मा ८८ उजुरी दर्ता भएका छन् । तीमध्ये अधिकांश केन्द्रीय […]

राष्ट्रपतिलाई कालो झन्डा देखाउने सबै रिहा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका १० जना रिहा भएका छन्। इन्द्रजात्राको दिन वसन्तपुरमा राष्ट्रपतिलाई कालो झन्डा देखाएको आरोपमा उनीहरु पक्राउ परेका थिए। पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ लगायत थिए। काठमाडौं जिल्ला प्रशासनले १० जनासँग जनही पाँच सय रुपैयाँ जरिवाना लिएर आइतबार छाडेको हो। प्रहरीले अभद्र व्यवहारमा जिल्ला […]

श्री एअरलाइन्सको यस्तो अफरः ८५ वर्षभन्दा माथिका नागरिकसँग ५ सय रुपैयाँ मात्र लिने

श्री एअरलाइन्सले दशैँ तिहार तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गरेको छ ।श्री एअरलाइन्सले असोज १२ गते घटस्थापनादेखि आन्तरिक उडानमा ८५ वर्ष पुगेका नेपाली नागरिकलाई पाँच सय रुपैयाँमा हवाई यात्रा गराउने जानकारी दिएको छ । एअरलाइन्सले बाँकी हजाई भाडा तथा इन्धन शुल्कमा छुट दिने बताएको छ ।त्यस्तै एअरलाइन्सले सरकारले घोषणा गरेअनुसार […]

प्रहरीका कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौंः लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका […]

ओलीले रविन्द्र अधिकारीको मृत्युपछि पर्यटन मन्त्रालयबाट किन बाँडे २६ करोड ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् । तत्कालीन मन्त्री रवीन्द्र अधिकारी अधिकारीको फागुन दोस्रो साता निधन भएसँगै प्रधानमन्त्री ओलीले यस मन्त्रालय सम्हालेका थिए । मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार […]