पूर्वसांसद रायको ८५ वर्षको उमेरमा निधन

सप्तरी । पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मिएका उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा […]

सहुलियत मूल्य पसल सञ्चालन हुने

काठमाडौँ । दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य कम्पनीले काठमाडौँ उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीका […]

२४ घन्टामा थप ४ संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ४ जनाको ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ३५१ संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ […]

उपत्यकामा कोरोना अपडेट : थप ८१७ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ जिल्लामा ६४९ सहित काठमाडौँ उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २३५ महिला र ४१४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै भक्तपुरमा १६ महिला र २० पुरुषसहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ५० महिला र ८२ पुरुषसहित १३२ जनामा कोरोना पुष्टि भएको छ । यसैबीच आज […]

एकैदिन देशभर १ हजार ३५१ संक्रमित थपिए

काठमाडौँ । नेपालमा थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।  एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ । कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ […]

चितवनमा सशस्त्र प्रहरी बलका दुई बीओपी स्थापना

चितवन । चितवनको माडीमा सशस्त्र प्रहरी बल नेपालका २ वटा बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरिएको छ । सशस्त्र प्रहरी मुख्यालयका अनुसार चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा एकैदिन दुईवटा बीओपी स्थापना गरिएका हुन् । सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र […]

महानगरमा फुटपाथ पसल निषेध

काठमाडौं  । ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो । कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । उनले भने, “हामीले फुटपाथमा […]

गण्डकीमा १०४ सङ्क्रमित थप

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना सङ्क्रमित थपिएका छन्  प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या तीन हजार ७७७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशमा हालसम्म ६८ हजार ८३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । […]

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका […]

खोलाले बगाउँदा मकवानपुरमा दम्पतीको मृत्यु

हेटौंडा । मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको […]