एकैदिन उपत्यकामा ४८१ सहित देशभर १०६९ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १०६९ जना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ […]

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

चितवन । चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । कलेजका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) […]

नेपाल फर्किए २९७ जना नेपाली

दोहा । कोरोना भाइरसको महामारी लगायतका कारणले कतारमा अप्ठ्यारोमा परेका २९७ जना नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडान तथा हिमालय एयरलाइन्सको ९५६३२ गरी दुई उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रब्रीण भट्टराईले जानकारी दिए । दुवै उडानमा समावेश भएका नेपालीहरूमा कोभिड (१९ परीक्षण गर्दा […]

कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु

सुनसरी । सिरहाका कोरोना संक्रमित एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया ३ निवासी ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । उनको सोमबार राति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए । उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालबाट भदौ १० गते धरान रेफर गरिएको […]

विश्वभर २ करोड ५१ लाख कोरोना संक्रमित

काठमाडौं । कोरोना संक्रमणको क्रम रोकिएको छैन । संक्रमितको संख्या बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या विश्वमा २ करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ४४ हजार ३१२ को मृत्यु भइसकेको छ ।

मौसम अपडेट : कम्तिमा तीन साता मनसुन सक्रिय रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) प्रदेश न.१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको भइरहेको छ । देशका केही भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । विभागले आज दिउँसो देशभर सामान्यत बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । […]

सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै […]

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा ५ जना घाइते

चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज […]

कोरोनाबाट चितवनमा एकैदिन तीन जनाको मृत्यु

चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, […]

नेपालका लागि बेलायतका पूर्वराजदूत मोरिस मृत अवस्थामा फेला

एजेन्सी । बेपत्ता भएको झण्डै ४ महिनामा नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । मर्निङ वाकका क्रममा गत मे ६ तारिखमा बेपत्ता भएका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ । सन् २०१५ देखि ४ वर्ष नेपालका लागि बेलायती राजदूत रहेका मोरिस नेपालपछि बेलायत सरकारले फिजीमा ब्रिटिश हाइ […]