सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो । मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा […]

चितवनमा थप ३४ जनामा संक्रमण

चितवन । चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको २५२ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३२ जना चितवनका हुन् भने बाँकी २ जना सर्लाही र नवलपरासीका पुरूष छन् । संक्रमित हुनेहरू १५ वर्षीय किशोरदेखि ६६ वर्षका पुरूषसम्म छन् । भरतपुर […]

विश्वमा कोरोनाबाट १० लाख ७४ हजारको मृत्यु

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७४ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७ हजार ४०३ संक्रमित […]

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेक अप्रेसन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेक अप्रेसन नगर्दा संक्रमित बिरामीलाई आईसीयू बेड र भेन्टिलेटर […]

देशभर ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा १५६५ महिला र २४८२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ भने ७७ हजार […]

२४ घन्टामा विश्वभर ३ लाख ४७ हजारमा कोरोना

काठमाडौं । पछिल्ला केही दिन यता विश्वमा कोरोना संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ४७ हजार ५२६ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ३५९ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७१ लाख ९ […]

एकैदिन विश्वमा ५ हजार ४९७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार ४९७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा १० लाख ७० हजार ३५५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ करोड […]

कोरोनाबाट अमेरिकामा २ लाख १२ हजारको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख १२ हजार २२९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ९१८ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा हालसम्म ७५ लाख ८३ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ५७ हजार ८२८ जनामा कोरोना देखिएको छ । […]

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि […]

एकैदिन कोरोना संक्रमणको कारण २२ जनाको मृत्यु

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेको विवरण : […]